बेलबारीका संजय र हेमन्तले प्रदेश प्रहरी अस्पताललाई दिए स्वास्थ्य सामाग्री

बेलबारी । मोरङको बेलबारीका दुई समाजसेवीले कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीलाई केही स्वास्थ्य सामाग्री प्रदान गरेका छन । बेलबारी ३ का समाजसेवी संजय सुवेदी र हेमन्त गुरुङले बुधबार अस्पताल प्रमुख प्रा.प्र.ना.उ. डा. सरोज सिंहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
अस्पतालले दिएको जानकारी अनुसार Thermometer १६ थान, Pulse Oximeter ९ थान, Respirator Rate Timer ७ थान, Electronic Sphygmomanometer ९ थान अस्पताललाई प्राप्त भएको छ ।