बाह्र वर्ष पछी बेलबारीका व्यवसायीले पाए नयाँ नेतृत्व

बेलबारी । बाह्र वर्ष पछी बेलबारीका व्यवसायीहरु नयाँ नेतृत्व पाएका छन । शनिबार भएको संघको निर्वाचनबाट व्यवसायीले नयाँ नेतृत्व छानेका थिए । ९३१ मतदामा शनिबार ८५६ जनाले मतदान गरेका थिए ।

शनिबारको निर्वाचनबाट संघको अध्यक्षमा भेषकुमार श्रेष्ठ विजयी भएका छन । त्यस्तै बरिष्ठ उपाध्यक्षमा सन्दिप राई,उपाध्यक्ष उद्योगमा राजन गोर्खाली, बाणिज्य उपाध्यक्षमा केशव थापा मगर, महासचिबमा विबेक मिश्र, उद्योग सचिबमा सुरेशकुमार श्रेष्ठ, बाणिज्य सचिबमा टिकाराज श्रेष्ठ, कोषाध्यक्षमा अर्जुनकुमार कार्की, सहकोषाध्यक्षमा बसन्त नेपाल रहेका छन ।

यसैगरी सदस्यहरुमा रामकाजी राई,खगेन्द्र खनाल,अस्मिता सुवेदी,उर्मिला तामाङ,कमला कुमारी श्रेष्ठ,काचीलाल धिमाल,दिवश राई,निरज चौधरी,राजु श्रेष्ठ,सुजित कुमार शाह,शिवकुमार राई र संस्थापन पक्षका प्रशान्त निरौला बिजयी भएका छन। लेखा समितिको संयोजकमा नरबहादुर माझी,सदस्यमा सुरेन्द्रसिंह बस्नेत र पवित्रादेवी भगत निर्बाचित भएका छन ।