ने वि संघको बाणगंगा नगरसचिवमा सोना पाण्डे चयन

नेपाल विद्यार्थी संघ (नेविसंघ) बाणगंगा नगरपालिकाको सचिवमा सोना पाण्डे चयन हुनुभएको छ । संघका नगर संयोजक बिशाल अधिकारीले पाण्डेलाई सचिव पदको जिम्मेवारी प्रदान गर्नुभएको हो ।

संघको विधान २०२७ को सातौं सशोधन २०७५ धारा २२ मा रहेको प्रावधान अनुसार पाण्डेलाई सचिवको जिम्मेवारी दिएको अधिकारीले बताउनुभयो । पाण्डे जुझारु विधार्थी नेताका रुपमा परिचित हुनुहुन्छ । सचिवको जिम्मेवारी प्राप्त गरेकी पाण्डेले विधार्थीको हकहित र अधिकारको लागी थप शसक्त रुपमा आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

विगतमा पनि विद्यार्थीहरुको साथमा रहेर काम गर्दै आईरहेको बताउँदै उहाँले भन्नुभयो, ‘विधार्थीहरुको समस्यालाई नजिकबाट बुझेर समाधानका लागी पहल गर्ने छु । शिक्षामा सबैको सहज पुहँच हुन जरुरी छ, त्यसका लागी अहोरात्र खट्ने छु ।’ उहाँले सबै विद्यार्थीहरुको साझा प्रतिनिधि भएर काम गर्ने समेत दाबी गर्नुभयो । नेविसंघलाई सुदृढ र संगठित बनाएर अघि बढ्ने उहाँको भनाई छ ।

पाण्डे ले नगर सचिवको जिम्मेवारी दिने सम्पुर्णलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । पाण्डेसँगै कार्यसमितिको उप संयोजकमा डेभिड आचार्य, सहसचिवमा बिनोद पौडेल,कोषाध्यक्षमा दिनेश भण्डारी र सदस्यहरुमा किरण पन्थी, समिर कँडेल, आर्यमान मिश्रा, दुर्गा पाण्डे,सुरज भण्डारी र रामकुमार थारुलाई चुनिएको छ ।