सिलाई मेसिन मर्मत तालिमको उद्घाटन

पथरी / पथरीशनिश्चरे नगरपालिका वडा नं. २ मा सिलाई कटाई र ब्यागका उद्यमीहरुका लागि सिलाई मेसिन मर्मत तालिमको उद्घाटन गरिएको छ । पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजना गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सो तालिम सुरुवात गरिएको हो ।
आजदेखि ७ दिनसम्म सञ्चालन हुने सो तालिममा वडा नं. ८, ९, ४,२, ३ र १ का पुराना उद्यमीहरुको सहभागिता रहेको छ । तालिम वडा नं. २ को महिला सञ्जालको भवनमा सञ्चालन भइरहेको छ । तालिममा मखमली लघु उद्यम समूहका अध्यक्ष ज्ञानुमाया राई, कार्यपालिका सदस्य अन्जना दर्जी, लघु उद्यम विकास शाखा प्रमुख सपना कार्की र प्रशिक्षक आविष्कार बस्नेत लगायतको उपस्थिति रहेको थियो ।