उपभोक्ता महासंघको स्थापना दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम

पथरी / सामुदायीक बन उपभोक्ता महासंघ नेपालको २८ औँ स्थापना दिवसको अवसरमा मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङगी सामुदायीक बनको सभाहलमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायीक बन उपभोक्ता महासंघ मोरङका अध्यक्ष कृष्णप्रसाद लुइटेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासंघमा आवद्ध मोरङक ९ वटा पालिकाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

सामुदायीक बन उपभोक्ता महासंघले आयोजना गरेको सफलता, सवाल र चुनौति विषयक उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका नागरप्रमुख मोहन तुम्बाले बन अतिक्रमण लगायतका समस्या समाधानका लागी नगरपालिका गम्भीर भएर लागेको बताउनुभएको थियो । संगठित भएर जाँदा धेरै काम गर्न सक्ने अनुभव आदानप्रदान तथा एक अर्का बनका पदाधिकारीहरुको काम गराईबाट थप कुरा सिकेर बनसमितिले थप कार्य गर्न सक्नेसमेत उहाँले बताउनुभएको थियो । कोशी प्रदेशभित्रका बनहरुले पर्यटकिय सम्भावना बोकेको हुनाले यसको पहल समेत एक भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा मत्व्य राख्दै महासंघका कोशी प्रदेश सदस्य अग्नी पौडेलले सामुदायीक बनहरु नाफारहित संस्था भएकोले आन्तरिक राजस्वले कर नलिनुपर्ने तर लिइरहेकोले यसमा राज्यले पूनर्विचार गर्नुपर्ने बताउनुभएको थियो । अन्य कुनै प्रदेशले नसकेको अवस्थामा कोशी प्रदेशमा भने एकद्धार प्रणाली लागु गराउन सफल भएको स्मरण उहाँले गराउनुभएको थियो । बनको क्षेत्र बढाउनुपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई सम्मान समेत गरिएको थियो । पथरीशनिश्चरे, उर्लाबारी,लेटाङ, केराबारी, कानेपोखरी, बेलबारी,सुन्दरहरैचा, मिक्लाजुङ र रंगेली समेत गरि मोरङका ९ वटा पालिकाका सामुदायीक बनहरु महासंघमा आवद्ध छन् ।