मेरो जित्ने आधारनै व्यवसायीको उम्मेद्वारी हुँ: भेषकुमार श्रेष्ठ(अशोक)

 

बेलबारी । भेषकुमार श्रेष्ठ(अशोक) स्वयम्भु ज्वयेलर्सका सञ्चालक हुन । विगत २६ वर्ष देखी बेलबारी १ निज निवासमा सञ्चालन गर्दै आउनु भएका साथैै सामाजिक कार्यमा समेत उतिकै सक्रिय व्यक्ती भेषकुमार श्रेष्ठ(अशोक) आसन्न बेलबारी उधोग वाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार हुनुहुन्छ:
तपाईं यति बेला उद्योग बाणिज्य संघ बेलबारीको चुनावी मैदानमा हुनुहुन्छ । नगरका व्यवसायीका समस्या के रहेछन् ? के प्रतिक्रिया पाउनुभयो ?
म यो बीचमा धेरै नगरका धेरै वडाहरु घुमेर व्यवसायीका समस्याहरुलाई नजिकबाट नियाले । व्यवसायी निकै समस्या मा र पिडामा छन । व्यापार शुन्य हुनु अनी स्थानिय सरकार र केन्द्र सरकारले ल्याएको नितिले व्यापारीहरु मारमा परेका छन । एका तिर बैकको ब्याज बढ्दो छ, अर्का तिर व्यापार शुन्य भएकोले व्यवसायीलाई तर्साईरहेको छ । स्थानिय तह र केन्द्र सरकारले यी दुई मुख्य कुरालाई व्यवस्थापन गर्न सके व्यवसायीहरुलाई केही हद सम्म राहत पुग्ने मैले देखेको छु ।

तपाईंले चुनावलाई कसरी नियाल्नु भएको छ ? तपाईंको उम्मेदवारी के का लागि ?
धन्यवाद पत्रकार मित्र तपाईको यो प्रश्नले मैले मेरो उधोगी, व्यवसायी साथीहरु माझ मेरा तर्फ राख्न पाए । मैले टिम घोषणा गरिसकेको छु । सशक्त उम्मेदवारको रुपमा हामी आएका छौं । समग्र व्यवसायीको आवाजलाई सरकार समक्ष पुर्याउने मेरो काम हुने छ भन्ने लाग्छ । चुनाव आउँछ, जान्छ तर व्यवसायीको समस्या रहिराख्नु हुन्न भन्ने मेरो बुझाई छ । हामीले हाम्रो एजेण्डा व्यवसायीहरु माझ पुर्याईसकेका छौ । त्यही एजेण्डाहरु अनुरुप हामी चुनावमा अगाडि बढीरहेका छौ । विगत १२ वर्ष देखी साधारण सभा पनि नभई निस्क्रिय रहेको सस्था जो हामी जस्ता व्यवसायीहरुका लागि काम गर्नु पर्ने स्वयम बिरामी अवस्थामा देखे । विगतको समितिलाई यो गरिनस, त्यो भएन, यसो गर भनेर भन्नु भन्दा बरु म मेरै नेतृत्वमा एउटा टिम लग्छु र सस्था बिकास तथा विस्तारका लागि दुर्गामी योजना बनाउछु भन्ने हेतुले मैले उम्मेद्वारी दिएको हुँ ।

तपाईहरु गठबन्धनको टिम हो भन्छन नि के भन्नुहुन्छ तपाईं ?
हामी सबै इभन तपाईं पत्रकार पनि कुनै न कुनै राजनीतिक दलमा आबद्द हुनुहुन्छ । त्यस अर्थमा हो हामी उम्मेद्वार पनि धेरै पार्टीका सदस्य हौ । हामीले त अझ धेरै भन्दा धेरै उम्मेद्वारी पर्ने सम्भावनालाई सहमतीबाट न्युनिकरण गर्यौ । रहयो कुरा भन्ने व्यक्तिको उहाको पनि फलानो पार्र्टीको सदस्य हु भनेर फेसबुक को वायोडाटामा राख्नु भएको छ । उहाहरुको आन्तरिक कुराहरु कहाँ विग्रेको कहाँ सप्रेको अनी किन त्यस्ता कुरा आएका हुन तपाईंलाई पनि थाहा छ सबै व्यवसायी साथीहरुलाई थाहा छ ।

तपाईलाई भोट किन ?
मैले मेरो घोषणा पत्रमा पनि भनी सकेको छु । ३५ महिने मेरो कार्यकालमा ३५ बुदे योजनालाई अक्षरंस पालना गर्नेछु । त्यसको सारंशमा म तपाईलाई भन्छु मेरो प्रमुख योजना भनेको यस सस्थालाई एफ.एन.सि.सि.आई मा दर्ता गराउनु हो । मैले पदभार सम्हालेको दिनबाट नै यो कार्यमा म लाग्नेछु । जुन विगत टिमले कुनै पहल नगरेको देखेको छु । सहकारी अवधारणा अन्तर्गत व्यवसायीहरुलाई समेट्नेछु । साथै आपतकालिन कोषको स्थापना गर्छु । व्यवसायिक क्षेत्रलाई व्यवस्थित गराउछु ।

संघको अध्यक्ष पदमा तपाईं सहित दुई जनाको उम्मेद्वारी रहेको छ अर्का आकांक्षी भन्दा तपाईमा के फरक छ ?
अरु उम्मेदवारको बारेमा म आलोचना गर्न सक्दिन । मलाई अरुको आलोचना गर्नु पनि छैन । मैले मेरो भिजन व्यवसायीहरुलाई देखाएर विजयी हुने हो । तर, मसँग टिमवर्कमा काम गर्ने क्षमतासँगै संघलाई कसरी अघि बढाउने भन्ने भिजन छ । काम गरेर देखाउने जोश जागर भएकै कारण मैले उम्मेद्वारी दिएको हुँ ।

चुनाव नजिकिँदै छ, मतदाताहरु कत्तिको अलमलमा परेको अनुभव गर्नु भएको छ ?
मतदाताहरु स्वतन्त्र हुन । उनिहरुलाई दबाबमा प्रभावमा पार्नु हुँदैन । आफ्नो एजेण्डाहरु व्यवसायीहरुलाई दिए पछी व्यवसायीहरुले समेत स्वविवेक प्रयोग गर्नुपर्छ । तर आफुले स्वविवेक प्रयोग गर्दा सही निर्णय लिनका लागि साथीहरुलाई अनुरोध गर्दछु । मतदाता ज्युहरुले समेत बारम्बार म स्वयम्लाई फोन संपर्क तथा प्रत्यक्ष भेटघाट गरिराख्नु भएको छ । त्यसकारण खासै मतदाताहरु अलमलमा हुनुहुन्न ।

अन्त्यमा, तपाईंले टिम घोषणा गरिसक्नु भएको छ । तपाईलेनै चुनाव जित्ने आधार के हो ?
व्यवसायी साथीहरुले नै संघमा मेरो उपस्थितिका लागि अनुरोध गर्नु भयो, काम गर्नका लागि प्रोत्साहित गर्नु भयो र मैले उम्मेद्वारी दिए । मतदाताले नै अनुरोध गरेर मैले उम्मेद्वारी दिए । अब उहाहरुले नै मलाई उम्मेद्वारी बनाएपछी मेरो जित्ने आधार प्रस्ततै चाडैछ नि । त्यसमा पनि विगत २६ वर्ष देखी व्यवसाय मै केन्द्रित रहेर सामाजिक कार्यहरुमा पनि सक्रिय छु । एक व्यवसायिक व्यक्तिले मात्र संघको नेतृत्व गर्न सक्छ भन्ने हामी ले अर्थात मैले बुझेको छु । विगतलाई हेर्दा समेत थाहा हुन्छ । नेतृत्वमा गैह्र व्यवसायिक व्यक्ति पुग्दा संघको १२ वर्षे यात्रा कस्तो रह्यो भनेर । मेरो टिममा सबै युवा व्यवसायिक साथिहरु हुनुहुन्छ । जसले गर्दा मलाई भोलीका दिनमा काम गर्न टिम वर्क गर्न समेत सहज हुन्छ । सर्वप्रथम मेरो जित्ने आधार भनेकै तपाईं आम व्यवसायिक मतदाताहरु हुनुहुन्छ ।
अन्त्यमा जेष्ठ २० गते हुने संघको निर्वाचनमा म भेषकुमार(अशोक) को प्यानललाई मत दिई विजय गराईदिनुहुन हार्दिक अनुरोध गर्दछु ।