बेलबारी उद्योग वाणिज्य सङ्घ संस्थापन व्यवसायिक समूहको प्रतिबद्धता सार्वजनिक

बेलबारी उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि संस्थापन व्यवसायिक समूहले प्रतिबद्धता सार्वजनिक गरेको छ । समूहले आइतबार पत्रकार सम्मेलन मार्फत २७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको हो ।

संस्थापन व्यवसायिक समूहबाट सङ्घको अध्यक्ष पदमा उमेदवारी दिएका माधवराज थापाले प्रतिबद्धताहरु सार्वजनिक गरेका हुन । बेलबारी उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको पत्रकार सम्मेलनमा थापाले बन्द, हड्तालमुक्त बेलबारी निर्माण गर्ने, रात्रिकालिन व्यवसाय सन्चालन, उद्यमि सहकारीको स्थापना, हरेक बर्ष महोत्सवको आयोजना गर्ने, बेलबारीमा अ‍ैद्योगिक ग्राम खोल्ने, होटल व्यबसायलाई रात्रिकालिन सन्चालन गर्ने, सडक वत्ति , सिसि क्यामेराको व्यबस्था गर्ने, प्रत्तेक वडामा शाखा कमिटि गठन गर्ने लगायतका प्रतिबद्धताहरु सार्वजनिक गरेका छन ।

यो समूहबाट बरिष्ठ उपाध्यक्षमा धर्मराज गुरुङ, वाणिज्य उपाध्यक्षमा सुवास कुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा मोहन प्रसाद पोखरेल, महासचिवमा राजु बस्नेत, बाणिज्य सचिवमा नगेन्द्र राई, सचिवमा सन्तोस प्रसाई, कोषाध्यक्षमा सुरेन्द्र तामाङ, सह कोषाध्यक्षमा मन्दिरा खत्रिले उमेदवारी दिएका छन । सदस्यमा बिराज न्यौपाने, मान बहादुर सार्कि, नारायाण प्रसाद लिङ्थेप, प्रशान्त निरौला, तुलसा राई, कमल श्रेष्ठ, बिशाल कटुवाल, दिपक शर्मा, राजेन्द्र प्रसाद शाह तेली, हर्क माझि र टंक चम्लागाईले उमेदवारी दिएका छन ।
लेखा समिति संयोजकमा ख्यामराज बराल र सदस्यमा अम्बिका भन्डारी र लोक बहादुर धमलाले उमेदवारी दिएका छन ।

सङ्घको नयाँ सन्चालक समितिको निर्वाचन यहि जेठ २० गते हुने तय भएको छ ।




Leave a Reply

Your email address will not be published.