नक्कली भुटानी शरणार्थी प्रकरण : सक्कली भुटानि शरणार्थी सडकमा

पथरी / नक्कली भुटानि शरणार्थी काण्डमा संलग्न सबैलाई कारबाहिको माग गर्दै पथरीशनिश्चरे नगरपालिका वडा नं १० मा अवस्थित भुटानी शरणार्थी शिविरका शरणार्थीहरु सडकमा निस्किएका छन् ।

आज उनिहरुले ‘नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न सबै अपराधीलाई कारबारी गर’ भन्दै शान्तिपूर्ण विरोध ¥यालीको आयोजना गरेका थिए । वाई एफ सी पथरीशनिश्चरे क्याम्पको आयोजनामा सो शान्तिपूर्ण र्याली निकालिएको हो । ¥यालीले शिविर क्याम्प परिक्रमा गरी शिविर डाँडामा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सामाजिक अभियन्ताहरु प्रदिप कुमार राई, राम बानिया र शान्ति पाख्रिनले सम्वोधन गरेका थिए ।