ईन्द्रपुर खानेपानी भित्रको भ्रष्टचार रोक्न मेरो उम्मेद्वारी: गीता बहादुर सोडारी(जितेन)

सुन्दरहरैचा । ईन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको अध्यक्ष पदमा गीताबहादुर सोडारी(जितेन) ले उम्मेद्वारी दिने भएका छन । ईन्द्रपुर खानेपानीको जेष्ठ २० गते निर्वाचन हुँदैछ ।

अध्यक्ष पदका लागि ३ जनाको प्रतिष्पर्धा हुने देखिन्छ । एमाले-राप्रपा गठबन्धनबाट अध्यक्षमा सुरेन्द्रबहादुर थापा र काङ्ग्रेस-माओवादी र समाजवादी गठबन्धनबाट नवराज चापागाईले उम्मेद्वारी दिने घोषणा गरिसकेका छन ।

सोडारी स्वतन्त्र समुह बनाएर खानेपानीको निर्वाचनमा उपभोक्ता सग मत माग्दै हिडिरहेका छन । स्वतन्त्रबाट अध्यक्ष पदका उम्मेद्वार रहेका सोडारीको समुहमा उपाध्यक्ष पदमा नायक प्रशाद धमला(नारायण), महिला उपाध्यक्ष पदमा नर्वदा नेपाल, सचिव पदमा नरबहादुर राइ(नरेन), कोषाध्यक्ष पदमा हेमप्रसाद सुवेदी, सदस्य पदमा तोयानाथ पोखरेल, छत्रबहादुर निरौला, फिरोज आलम, महिला सदस्य पदमा मन्दिरा उप्रेती, गीतादेवी दुलाल तारा देवी मैनाली उम्मेद्वारी रहेका छन । त्यस्तै लेखा समिती तर्फ सयोजकमा लेखनाथ आचार्य र सदस्यमा पार्वता बास्तोला र भक्तबहादुर लिम्बु रहेका छन ।

खानेपानीमा समेत राजनीतिक दलको हस्तक्षेप भएको कारण आफुले त्यसका विरुद्द अध्यक्षमा उम्मेद्वारी दिएको अध्यक्ष पदका उम्मेद्वार गीताबहादुर(सोडारी) ले बताएका छन । उनले खानेपानी भित्र दलिय व्यक्ती पुगेर हुने गरेको आर्थिक अनियमितता र भ्रष्टचारलाई रोक्न आफुले अध्यक्ष पदमा उम्मेद्वारी दिएको सोडारीले बताएका छन ।

खानेपानीको अध्यक्ष बन्न उम्मेद्वारी दिएको तिनै जनाको आफ्नो आफ्नै दाबी छ । तिनै जनाले आफु जित्नेमा विश्वस्त रहेको बताउदै आएका छन । केन्द्र देखी स्थानिय तह सम्मका राजनीतिक दलका व्यक्तीहरु भ्रष्टचार काण्डमा जोडीदै आएका कारण र आम नागरिकले राजनीतिक दलको विकल्प खोज्दै आएको बेला सोडारीलाई यस पटक खानेपानीको नेतृत्व गर्ने मौका तथा अवसर मिलेको छ ।