रेडस्टारद्वारा बधाइ तथा शुभकामना कार्यक्रम

पथरी । ब्रिटिश काउन्सिले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवार्ड ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त पथरी शनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयले कक्षा–१२ मा अध्ययनरत छात्र छात्राहरूलाई भव्य बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

आज सिनभिलेज पार्टी प्यालेसमा औपचारिक कार्यक्रमको आयोजना गरी रेडस्टार माविका निर्देशक तथा प्रिन्सिपल टी.एन. तिम्सिनाले विद्यार्थीहरूलाई भावी दिनहरुमा उज्वल शैक्षिक भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दै विद्यालयलाई व्यवस्थापन संकायको ब्राण्ड स्थापित गर्ने पनि उद्घोष गरेका छन ।

अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको सो मावि तथा त्रिभुवन विश्व विद्यालयबाट अनुवन्धित ऋतम्भरा कलेजका प्राचार्य टिएन तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा–१२ का विद्यार्थी प्रतिनिधि – विपिन पोखरेलले रेडस्टार माविमा अध्यापन गर्न पाएकोमा खुशी लागेको बताए ।

विगत ५ वर्षदेखि +२ कक्षा निरन्तर सञ्चालन गरिरहेको हो विद्यालयमा हाल २ सय ६८ जना विद्यार्थीहरुले अध्ययनरत छन् । उनीहरूले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालन भएको परीक्षामा सामेल भएका थिए ।

बिबिएस प्राध्यापक शिक्षक प्रतिनिधिको तर्फबाट डिल्ली मुखियाले आगामी दिनहरूको लागि जीवनोपयोगी सिकाई उपलब्धी हासिल गर्न उत्कृष्ट कलेज छनौट गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा ऋतम्भरा कलेजका संचालक समितिको संस्थापक सदस्य तथा रेडस्टार माध्यमिक विद्यालयका संचालक राजु तिम्सिना, विजय डाँगी, किरात एकेडमीका प्रिन्सिपल सुजन बास्तोला, प्राध्यापक चन्द्र भण्डारी, तेजमान निरौला लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका संगीत शिक्षक पुष्प राईले ‘फुल थुङ्गे रानी र ‘जून बेहुली बनेर’, कक्षा–१२ कि मितक लिम्बुले ‘को होला त्यो मसँग…’ गीत प्रस्तुत गरी हललाई संगीतमय बनाएकी थिइन् । रेडस्टारले अध्ययनको साथै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय गराउँदै सफलता हासिल गर्दै आइरहेको छ ।




Leave a Reply

Your email address will not be published.