नगरपालिकामा जनप्रतिनिधिहरुलाई कानूनी शिक्षा कार्यक्रम

पथरी / पथरी शनिश्चरे नगरपालिकामा जनप्रतिनिधिहरुलाई कानूनी शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रम जेठ ५ र ६ गते सञ्चालन हुनेछ । सो कार्यक्रमका सभाध्यक्ष नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक देवीमाया काफ्ले, प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो, विशिष्ट अतिथि नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल रहनुभएको छ ।

कार्यक्रममा वडाध्यक्षहरु नैना राई, जीवन खतिवडा, बिजय लिम्बु, नविन कार्की र कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको सहभागिता रहेको छ । नगरपाकिाका कर्मचारी विश्वमणि निरौलाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य तथा न्यायिक समिति सदस्य पदम धिमालले राख्नुभएको थियो । दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रमको सहजीकरण नगरका कानूनी सल्लाहकार अधिवक्ता दीपककुमार राईले गरिररहनुभएको छ ।