नक्कलि भुटानी शरणार्थी प्रकरणका नाइके दुलालको गृहनगरमा भ्रष्टाचार बिरुद्ध ने.विसंघको गर्जन

प्रेमप्रसाद भट्टराई (केःडि)

पथरी / नक्कलि भुटानी शरणार्थी प्रकरणका नाइके भनिएका केशव दुलालको गृहनगर मोरङको पथरीशनिश्चरेमा ने वि संघले भ्रष्टाचार बिरुद्ध आवाज उठाएको छ । आज शुक्रबार नेपाल बिद्यार्थी संघ पथरीशनिश्चरेले भ्रष्टाचार बिरुद्धमा बिरोध कार्यक्रम गरेको हो ।

पथरी बहुमुखि क्याम्पसबाट निस्किएको बिरोध र्यालि बजारको जनआन्दोलन चोकमा पुगेर कोणसभा गरेको थियो । कार्यक्रममा बिद्यार्थीहरुले ठुला नेता मिलेका अरब अरब निलेका, नक्कलि भुटानी शरणार्थी प्रकरणका मुल दोसिलाई कारबाहि गर लगायतका नारा लगाएका थिए । नक्कलि भुटानी शरणार्थी प्रकरणमा मुछिएका आफ्नै दलका नेताहरु भए पनि पाटीले कारबाहि गरि कानुनि दायरामा जानुपर्ने ने.वि संघ पथरीशनिश्चरेका सभापति सागर बरालले बताए ।