यसरी गरियो सातै राष्ट्रको झण्डोत्तोलन

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी सातै राष्ट्रको शनिबार झण्डोत्तोलन गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा राखिएको सातै राष्ट्रको झण्डोत्तोलन गरिएको हो ।

सातै राष्ट्रका सेभ दि मिसनले आ–आफ्नो राष्ट्रको झण्डोत्तोलन गरेका थिए । नेपालबाट नेपाली टोलीका सेभ दि मिसन राखेपका उपाध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका सह महासचिव पिताम्बर तिम्सिनाले राष्ट्रिय झण्डा झणडोत्तोलन गरेका थिए ।