१३ औं सागमा महिला भलिबल टिम फाइनलमा

काठमाडौंः नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले श्रीलंकालाई २५–१४, २५–१८ र २५–२१ को सोझो सेटमा पराजित ग¥यो ।

अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ । भारतले माल्दिभ्सलाई २५–१४, २५–६ र २५–१७ को सीधा सेटमा हराएको थियो । फाइनल मंगलबार हुने छ ।

पुरुषतर्फ पाकिस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । पाकिस्तानले श्रीलंकालाई २८–३०, २५–१८, २५–२० र २५–२१ ले पन्छायो । हारका बावजुद श्रीलंका पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । योसंगै पुरुषको सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा भारतले श्रीलंका तथा पाकिस्तानले बंगलादेश विरुद्ध आइतबार प्रतिस्पर्धा गर्ने छन् ।