जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण

पथरी / पथरी शनिश्चरे वडा नं। ५ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । हसन्दह स्वास्थ्य चौकीका प्रमुख र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा वडाका जेष्ठ नागरिहरुको स्वास्थ्य परीक्षण गरिएको वडा सदस्य तथा कार्यपालिका सदस्य तुलशा कार्की (मुना) ले जानकारी दिनुभयो ।

आज साविक हसन्दह ५ का अमात टोल, गुराँस टोल, सुगा बजार, त्रिवेणी चौक, विहानी चौकका जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरी आवश्यक औषधि तथा परामर्श प्रदान गरिएको छ । यो सेवा वडाका सबै स्थानमा हुने वडाध्यक्ष चेतन खड्काले जानकारी दिनुभयो । वडाका जेष्ठ नागरिकहरुको घर घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको हो ।