वडा र नगर कमिटि गठन हुन नपाउदै रास्वपा पथरीशनिश्चरेमा भाडभैलो शुरु

पथरी / रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) को पथरीशनिश्चरेमा वडा र नगर कमिटि बिस्तार हुन नपाउदै मोरङको पथरीशनिश्चरेमा भाडभैलो शुरु भएको छ ।

रास्वपाको आज वडा र नगर कमिटि विस्तारको कार्यक्रम रहेको थियो । तर विभिन्न पाटी चाहार्दै हिड्दै हिड्ने काङग्रेस र एमालेका नेताहरुले रास्वपामा हैकम जमाएपछि भाडभैलो सुरु भएको बुझिएको छ । रास्वपालाई पथरीशनिश्चरेमा अगि बढाउनुपर्ने पक्षमा केही महिनाअघिबाट नै नगरका एक युवा सुमन फुयालले पहल शुरु गरेका थिए । तर आज रास्वपाको कमिटि विस्तार कार्यक्रमको १ दिन अघि नै रास्वपाको नाममा फोहोरी राजनिति सुरु भएको उनले सामाजिक सञ्जालमार्फत दुखेसो ब्यक्त गरेका छन् । विभिन्न दल चाहार्दै हिड्नेहरुले रास्वपामा हैकम जमाएपछि उनले यो दुखेसो प्रस्तुत गरेका नगरका केही बौद्धिक ब्यक्तिको बुझाइ रहेको छ ।