डाँस मोरङगी सामुदायीक बनका अध्यक्ष पोख्रेल उपभोक्ता महासंघ मोरङको उपाध्यक्षमा सर्वसम्मत

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं १० स्थित जिरिखिम्तीमा रहेको डाँस मोरङगी सामुदायीक बनका अध्यक्ष मदन पोख्रेल सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ,मोरङ उपाध्यक्षमा सर्वसम्म चुनिएका छन् । आइतवार सलकपुर सामुदायिक वनको सभाहलमा सम्पन्न महासंघको सातैँ अधिवेशनबाट उनी उपाध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।

उनिसँगै लेटाङका कृष्णप्रसाद लुईंटेल अध्यक्षमा, महासचिवमा केराबारीकि बालकुमारी कट्टेल, सचिवमा उर्लावारीकी सिता रायमाझी तथा कोषाध्यक्षमा लेटाङकी इन्दु चौधरीसहित २२ सदस्यीय कमिटि गठन भएको थियो । महासंघकी केन्द्रीय सदस्य सीता श्रेष्ठको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश महासंघ अध्यक्ष तुलसी संग्रौलाको बिशिस्ट आतिथ्यतामा सम्पन्न अधिवेशनबाट जिल्ला महासंघ कार्यसमितिका सदस्यहरुमा जगत वस्नेत र हरी कुमारी राई तामाङ (मिक्लाजुङ), भवानी लिम्बु र इन्दिरा थापा (लेटाङ), दमयन्ती माया मगर र प्रकाश श्रेष्ठ साथै गोपी लाल तामाङ (केराबारी) ,भिमबहादुर राई (उर्लाबारी) जानुका थापा र विरेन्द्र कुमार शाह (रंगेली),नारायण सुनुवार र चन्द्रकला मगर (बेलबारी), शोभा तिम्सिना (पथरी शनिश्चरे), टिका देवी श्रेष्ठ र कृष्ण थामी (कानेपोखरी), कमल अधिकारी र हिमादेवि श्रेष्ठ (सुन्दर हरैचा) रहका छन् ।

त्यसैगरी लेखा तथा अनुगमन समिति संयोजक (डण्ड बहादुर खड्‌का,सदस्यमा चन्द्र कुमार लिम्बु र इश्वरी जोगी घिमिरे,न्यायिक समिति संयोजक ( श्रृजना विष्ठ चौधरी सदस्यमा कुमारी मिजार र मिन कुमार राई सर्वसम्मत चुनिएका छन् । सो कार्यक्रम निवर्तमान अध्यक्ष रामकृष्ण राईको सभापतित्वमा सम्पन्न भएको थियोे ।