रेडियो वेतनाः समाचार प्रस्तोता करुणा सम्मानित

बेलबारी । रेडियो वेतनामा कार्यरत समाचार प्रस्तोता करुणा बस्नेत लाई रेडियो वेतनाले सम्मान गरेको छ । बस्नेतलाई रेडियो वेतनाले आफ्नो ८ औ वार्षिक साधारणसभाबाट सम्मान गरेको हो ।

रेडियोमा उतकृष्ट समाचार वाचन गरेको भन्दै बस्नेतलाई रडियो वेतनाले सम्मान गरेको हो । रेडियो वेतनामा बस्नेत विगत ७ वर्ष देखी कार्यारत छिन । रेडियो वेतनाले आफ्नै उत्पादनमा समाचार प्रसारण गर्दै आईरहेको छ ।

बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथी मोरङ्ग क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद डिकबहादुर लिम्बुले सम्मान गरेका थिए ।