रेडियो वेतनाः पत्रकार विक्रम निरौला सम्मानित

बेलबारी । विराटनगरका पत्रकार विकैम निरौलालाई रेडियो वेतनाले सम्मान गरेको छ । निरौलालाई रेडियो वेतनाले आफ्नो ८ औ वार्षिक साधारणसभाबाट सम्मान गरेको हो ।

सञ्चारकर्ममा उहाँले खेल्नुभएको रचनात्मक भूमिकाको उच्च प्रशंसा गर्दै, पत्रकारिताको क्षेत्रबाट समाजमा प्रत्यक्ष परोक्ष रुपमा पुर्याएको योगदानको प्रसंसा गर्दै पत्रकार निरौलालाई रडियो वेतनाले सम्मान गरेको हो ।

निरौला बिबिसी नेपाली सेवाका विराटनगर संवाददाता र उद्घोष पत्रिकाको समाचार सम्पादक हुन । उनलाई कार्यक्रमका प्रमुख अतिथी मोरङ्ग क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद डिकबहादुर लिम्बुले सम्मान गरेका थिए ।