रेडियो वेतनाः महिलाअधिकारकर्मी सिता सुवेदी सम्मानित

बेलबारी । रेडियो वेतनाले महिला अधिकारकर्मी सिता सुवेदीलाई सम्मान गरेको छ । सुवेदीलार्ई रेडियो वेतनाले आफ्नो ८ औ वार्षिक साधारणसभाबाट सम्मान गरेको हो ।

समाजका लागि एक अनुकरणिय महिलाको रुपमा आफुलाई स्थापित गर्दै महिलाहरुलाई आफ्नो हकहित तथा अधिकार प्राप्तिका लागि अग्रसर बनाउदै विभिन्न राजनितिक तथा सामाजिक रुपान्तरणका निम्ती विभिन्न समयमा विभिन्न कठिनाईहरुलाई चिर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नगरको गरिमा उच्च पार्न उनले गरेको योगदानको प्रंससा गर्दै सुवेदीलाई रेडियो वेतनाले सम्मान गरेको हो ।

सुवेदी लामो समय देखी महिलाअधिकारकर्मीको रुपमा रहेर बेलबारी नगरपालिकामा विभिन्न सामाजिक कार्यमा सक्रिय छिन ।




Leave a Reply

Your email address will not be published.