रेडियो वेतनाः खेलाडी हेमन्त सुवेदी सम्मानित

बेलबारी । रेडियो वेतनाले खेलाडि हेमन्त सुवेदीलाई सम्मान गरेको छ । सुवेदीलार्ई रेडियो वेतनाले आफ्नो ८ औ वार्षिक साधारणसभाबाट सम्मान गरेको हो ।

खेल क्षेत्रबाट बेलबारी नगरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन पुर्याएको योगदानको प्रसंसा गर्दै सुवेदीलाई सम्मानपत्रले सम्मान गरेको हो ।

सुवेदी २०४१ साल देखी कराते विधा मर्फत खेल क्षेत्रमा प्रवेश गरेका थिए । उनले कराते विधामा ब्लाक बेल्ट ३ डनको उपाधि समेत प्राप्त गरिसकेका छन । सुवेदी हाल राष्ट्रिय रेफ्रि तथा मोरङ जिल्लाको प्रथम कोच रहेका छन ।