रेडियो वेतनाः लक्ष्मी माध्यमिक विधालय सम्मानित

बेलबारी । रेडियो वेतनाको ८ औ वार्षिक साधारणसभाबाट बेलबारीमा रहेको लक्ष्मी माध्यमिक विधालय सम्मानित भएको छ ।

छोटो समयमा नै बेलबारी नगरपालिकामा उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विधालयलाई विकास गराएको भन्दै रेडियो वेतनाले मंगलबार सम्मान गरेको हो ।

विधालयमा हाल एक हजार एक सय सत्र जना विधार्थीले अध्ययन गरिरहेका छन भने विधालयमा ३७ जना शिक्षक, शिक्षिकाहरु रहेका छन ।
रेडियोले नगर कै एक उत्कृष्ट सामुदायिक विधालय बन्न सफल भएको भन्दै उतm विधालयलाई सम्मान गरेको हो ।