रेडियो वेतनाः बेलबारीका प्रमुख प्रशासकीय अधिकृत कार्की सम्मानित

बेलबारी । बेलबारीका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई रेडियो वेतनाले सम्मान गरेको छ । कार्कीलार्ई रेडियो वेतनाले आफ्नो ८ औ वार्षिक साधारणसभाबाट सम्मान गरेको हो ।

मोरङ्गको १७ वटा स्थानिय तह मध्ये उत्कृष्ट कार्य गरेको भन्दै रेडियो वेतनाले कार्कीलाई सम्मान गरेको हो । कर्मचारी वृतमा ‘पारदर्शी’ छबि बनाएका कार्की २०७८ सालमा बेलबारी नगरपालिकामा आएका थिए ।

कार्कीलाई कार्यक्रमका प्रमुख अतिथी मोरङ्ग क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद डिकबहादुर लिम्बुले सम्मान गरेका थिए ।