नेकपा विजयी भएको सल्यानको कुमाखमालिकामा पनि पहिलेको भन्दा कम मत

बिराटचोक :   सल्यानको कुमाखमालिका गाउँपालिकाको वडा नम्बर ५ को अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार धर्मे बुढाथोकी विजयी भए पनि पहिलेको भन्दा कम मत आएको छ ।

उनले ७ सय ९२ मत ल्याएर विजयी भएका हुन् । ०७४ सालमा भएको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका हरिप्रकाश बुढाथोकीले ७ सय ८८ मत ल्याएर विजयी भएका थिए । यसरी यस पटक ४ मत नेकपाको बढी आएको देखिए पनि अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा एमालेले पाएको २ सय २९ मत जोड्दा भने पहिलेको भन्दा नेकपाले २ सय २५ मत कम ल्याएको देखिन्छ । आज भएको उपचुनावमा नेपाली कांग्रेसले २ सय ५१ र राप्रपाले २१ मत पाउँदा ६० मत भने बदर भएको छ । कांग्रेसले अघिल्लो चुनावमा १ सय ८० मत ल्याएकोमा यस पटक ७१ मत बढेको देखिन्छ ।