ने.वि संघको स्थापना दिवसका अवसरमा दिप प्रज्वलन

प्रेमप्रसाद भट्टराई (के.डि)
पथरी / नेपाल विद्यार्थी संघको ५४ औँ स्थापना दिवसका अवसरमा आज ने.वि संघ पथरी नगर कार्य समितीले दिप प्रज्वलन गरेको छ । पथरीशनिश्चरे वडा नं १ स्थित गोर्खा डिपार्टमेण्ट अगाडि दिप प्रज्वलन गरि नेविसंघले स्थापना दिवस मनाएको हो ।

नेपाली काङग्रेस मोरङ क्षेत्र नं ३ का क्षेत्रीय सभापति गणेश खड्काको प्रमुख आतिथ्यतामा गरिएको उक्त दिप प्रज्वलन कार्यक्रममा पथरी बहुमुखी क्याम्पसका निवर्तमान स्ववियू सभापति गिरिस साम्बा, नेपाली काङग्रेस पथरीशनिश्चरेका नगरसभापति रुपनारायण भट्टराई लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । ने.वि संघका नगरसभापति सागर बरालको सभापतित्वमा सम्पन्न भएको उक्त दिप प्रज्वलनमा राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य लाभको कामना समेत गरिएको थियो ।




Leave a Reply

Your email address will not be published.