पथरी / पथरीशनिश्चरे नगरपालिकामा योजना तथा बजेट निर्माणमा लैंगिक समानता र सामाजिक समावेशीकरण ९जेसी० सम्वन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रम साहरा नेपाल र नगरपालिकको सहकार्यमा भएको हो ।
नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो छलफल कार्यक्रमको सहजीकरण फेयर मेडकी जेसी स्पेसलिष्ट÷हेल्थ सिस्टम अफ जेसी स्पेशलिष्ट शोभा गुरुङले गर्नुभएको थियो । कार्यक्रममा विशेषतः लंैगिक समानता तथा सामाजिक समावेशीकरणको अवधारणा र परिभाषाहरू, लैससास मूलप्रवाहीकरणको प्रक्रिया लगायत विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, खेलकुद तथा शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, स्वास्थ्य संयोजक मुरारी आचार्य, वडा नं। ८ का वडाध्यक्ष एवं नगरका प्रवक्ता नविन कार्की, २ नं। वडाध्यक्ष नैना राई, वडा नं। ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेलले आ–आफ्नो राय तथा सुझाव राख्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु चेतेन्द्र खड्का, विरबहादुर राई, जीवन खतिवडा, कार्यपालिका सदस्यहरु र शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।