विनोद भट्टराईले छाडेनन अझै सुन्दरहरैचाको हाकिम बस्ने घर

बेलबारी । सुन्दरहरैचा नगरपालिकाबाट सरुवा भएका विनोद भट्टराईले अझै नगरपालिका कै सेवा सुविधा लिएर बसेका छन । सरुवा भएर अर्का प्रमुख प्रशासकीय अधिकृत अम्बिका चौलागाई नगरपालिकामा हाजिर गरेर नगरको प्रशासनिक काम गर्न थाल्दा पनि भट्टराईले भने नगरको सेवा सुविधा लिन छाडेका छैनन । चौलागाई भने हाल विराटनगरबाटै नगरपालिकामा हाजिर हुन आइरहेका छन ।

भट्टराई सुन्दरहरैचा नगरपालिकाबाट सारुवा भएर केराबारी गाउपालिका गएका हुन । तर उनलाई गाउपालिकामा हाजिर गर्न दिइेको छैन । उनी सुन्दरहरैचा नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत हुँदा दिएको खोर्‍साने स्थित एक घरमा बस्दै आएका छन । उक्त अधिकृत भट्टराई बस्नी घरअको भाडा सुन्दरहरैचा नगरपालिकाले तिर्दै आएको छ । जो कोही प्रमुख प्रशासकिय अधिकृत नगरमा सरुवा भएर आउँदा आउँदा उक्त घरलाई प्रमुख प्रशासकिय अधिकृत बस्ने भनेर नगरले प्रयोग गर्दै आएको छ । तर सरुवा भएर गएका प्रमुख प्रशासकिय अधिकृत भट्टराईले अर्का प्रमुख प्रशासकिय अधिकृत आउँदा समेत अझै छाडेका छैनन ।

सुन्दरहरैचा नगरपालिकामा बस्दा विवादित भएर पटक पटक सरुवा हुन खोज्दा उनले आफ्नो कर्मचारीको राजनीतिक पावर सो गरेर सरुवा रोक्न खोज्ने गर्दथे । यस पटक पनि उनलाई केन्द्रले मुख्यमन्त्री कार्यालय पठाउदा पनि राजनीतिक कर्मचारीको पावर देखाएर केराबारी गाउपालिकामा सरुवा निकाल्न सफल भएका छन । उनी आँफैले रोजेर गाउपालिका गएको स्रोतले बताएको छ । स्रोतका अनुसार सुन्दरहरैचा नगरपालिकामा भट्टराई हुँदा नगरका विभिन्न होटलमा बस्दा, खादाको समेत भुक्तानी भट्टराईले आफु अधिकृत भएको फाईदा उठाएर नगरबाट निकासा गर्ने गर्दथे ।

केराबारी गाउपालिकामा भने १५ दिन अगाडि मात्र नयाँ अधिकृत आएका कारण गाउपालिका अध्यक्ष सुमन मिरिङचिङ स्वयम नयाँ आर्को अधिकृतलाई स्वागत गर्ने स्थितिमा छैनन । अध्यक्ष मिरिङचिङ स्वयमले फेसबुक मार्फत कर्मचारी सरुवा गरेको बिषयमा विरोध गर्दै आएका छन ।