बेलबारीमा कक्षा ८ मा ४३ विधालयका १५० जना विधार्थी मात्र उतिर्ण

बेलबारी । बेलबारी नगरपालिकामा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका ४३ विद्यालयको नतिजा निराशाजनक आएको छ । नतिजा निराशाजनक आएपछी बेलबारी नगरपालिकाले कक्षा ८ को नतिजा सार्वजनिक गर्न स्थगित गरेको छ । विधालयको नतिजा निराशाजनक आएपछी विधालयका प्रध्यानध्यापक र नगरपालिकाको शिक्षा शाखा प्रमुख बिच जुहारी चल्न शुरु भएको छ ।

नगरभित्र सामुदायिक विधालय २१ वटा र निजी विधालय २२ वटा गरी ४३ वटा विधालय रहेका छन । सामुदायिक विधालय र निजी विधालय गरी यसपटक कक्षा ८ मा भने १३६४ जना विधार्थीहरु परिक्षामा सहभागी भएका थिए । स्रोतका अनुसार १३६४ जना परिक्षार्थीहरु मध्ये यसपटक १५० जना मात्र विधार्थी परिक्षामा उतिर्ण भएका छन । बेलबारी नगरपालिकाले लिएको परिक्षामा अधिकांश विधार्थीहरु सामाजिक शिक्षा र नेपाली र नैति शिक्षा बिषयमा अनुतिर्ण भएका हुन ।

विधालयका अधिकाशं विधार्थीहरु अनुतिर्ण भएपछी नगरको शैक्षिक स्थितिमा नै प्रश्न उठेको छ । बेलबारी नगरपालिकामा रहेका सामुदायिक विधालय र निजी विधालयकै शैक्षिक स्थिती कमजोर रहेको प्रष्ट देखिन्छ । तर अधिकांश विधालयहरु आफ्नो विधालयको शैक्षिक स्थिती सुधार गर्नु भन्दा नयाँ शैक्षिक सत्रमा विधालयको विज्ञापन गर्न होडबाजी गर्नमा तल्लिन छन ।

कक्षा ८ मा १५० जना मात्र विधार्थीहरु उतिर्ण भएपछी अधिकांश विधालयका प्रध्यानध्यापकले नगरको शिक्षा शाखालाई कक्षा ८ का विधार्थीहरुलाई उतिर्ण गराउनु पर्ने भन्दै दबाब दिन थालेका छन । उनिहरुले प्रयोगात्मक बिषयमा आएको नम्बर जोडेर विधार्थीहरुलाई उतिर्ण गराउनु पर्ने दबाब दिदै आएका छन । स्रोतका अनुसार नगरको शिक्षा शाखा भने प्रयोगात्मकमा आएको नम्बर नजोडी हाल आएको नतिजालाई नै लिएर अघी बढ्ने मनाशायमा रहेको छ । हिजो बसेको मेयर, उपमेयर, नगर शिक्षा शाका र विधालयका प्रध्यानध्यापक सहित बसेको सयुक्त बैठकमा ठोस निर्णय नआएपछी आज पुन: उक्त समितिको बैठक बस्ने र नतिजा सार्वजनिक गर्ने स्रोतले बताएको छ ।