खानेपानी मन्त्रीको वडामा नेकपाले जिते पनि पहिलेको भन्दा कम मत प्राप्त

विराटचोकः आज भएको उपनिर्वाचनको मत परिणाम आउन थालेको छ । यसै क्रममा कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नम्बर ३ को अध्यक्षमा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन् ।

उनले ५ सय २८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३ सय १० मत र समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाएका थिए । खानेपानी मन्त्री बिना मगर पनि मतदाता रहेको सो वडाका १ हजार १ सय ९९ मतदातामध्ये ९ सय २४ जनाले मतदान गरेका थिए । सो वडामा यसअघि तत्कालीन नेकपा एमालेका फैरु तामाङले जितेका थिए ।

०७४ सालमा तत्कालीन एमालेका एमालेका फैरु तामाङले ४ सय ५४ र माओवादीका आइतबहादुर तामाङले १ सय ८७ मत पाएका थिए । अहिले यी दुवै दल मिलेकाले दुवैको मत जोड्दा ६ सय ४१ हुन्छ तर आज सम्पन्न निर्वाचनमा नेकपाले जिते पनि पहिलेको भन्दा कम ५ सय २८ मत ल्याएको छ । ०७४ सालमा ७८ मत ल्याएको नेपाली कांग्रेसले आज ३ सय १० मत पाएको छ ।