पथरीमा ओडि रेस्टुँरा सञ्चालनमा आउँदै, नया वर्षको अवसर पारी आज उद्घाटन हुने

पथरी / मोरङको पथरीशनिश्चरेस्थित पथरी बजारमा ओडि नामक रेस्टुँरा सञ्चालनमा आउने भएको छ । युवा जमातलाई लक्षित गरेर पथरीको सुनाखरी चोकमा खोलीएको उक्त होटल तथा डान्सबार सहितको रेस्टुराँ आज उद्घाटन हुने भएको हो ।

स्थानिय युवा विक्रम योञ्जन तामाङले ४५ लाख रुपैयाँको लगानीमा उक्त होटल तथा रेस्टुटुराँ सञ्चालनमा ल्याउने भएका हुन् ।
आज नयाँ वर्षको अवसर पारी स्थानिय कलाकारको साथमा मनोरञ्जनात्मक कार्यक्रम सहित उक्त होटल तथा रेस्टुराँको उदघाटन गरिने होटलका सञ्चालक तामाङले बताए ।
स्थानिय पर्यटनलाई प्रर्वदन गर्दै बाहिरबाट आउने आगन्तुकलाई स्थानिय स्वादका परिकार र गित संगितहरुबाट मनोरञ्जन प्रदान गर्ने उदेश्य रहेको छ । मोरङ हस्पिटको नजिकै रहेको यो होटलमा पारिवारिक वाताबरणमा रमाउन पाईने सञ्चालकले बताएका छ्न । युवाअबस्थामै स्वादेशमै केहि गरौ भन्ने भावनाको व्यवशाय थालेका तामाङ कृशक पनि हुन । उनको सोहि नगरपालिको–४ नंबर वडामाबङगुर फर्म सन्चालनमा रहेको छ ।