देवीथान सामुदायिक बन उपभोक्ता समुहको साधारणसभा सम्पन्न

अनु निरौला । बेलबारी । मोरङको बेलबारी ४ मा रहेको देवीथान सामुदायिक बन उपभोक्ता समुहको १७ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । समुहको सभाहलमा शनिबार साधारणसभा संपन्न भएको हो ।

बेलबारी ४ वडाध्यक्ष चन्द्रबहादुर लिम्बको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फेकोफन कोसि प्रदेश सचिब अग्नि पौडेल, सब डिभिजन कार्यलय बेलबारीका प्रमुख राजेन्द्र घिमिरे, बेलबारी ४का जन जनप्रतिनिधिहरु दिनेस गिरी, यसोदा मग्राती, भिम कुमारी गुरुङ, समूहका पुर्बअध्यक्षहरु जितुमान राई, यमनाथ आधिकारी, रमेश दाहाल , राम किराति लगायतको सहभागीता रहेको थियोे ।

साधारणसभामा अध्यक्षको प्रगति प्रतिबेदन अध्यक्ष नारायण कुमार सुनुवारले, सचिबको नीति तथा कार्यक्रम साङगठानिक प्रतिबेदन रिता भन्डारी बाट, लेखा समिती संयोजक बिनोद भडारीबाट प्रस्तुत गरिएको सचिब रिता भडारीले जानकारी दिनुभयो ।

समूहमा उत्कृष्ठ कार्य गरे बापद समूहका पुर्ब अध्यक्ष जितुमान राई, तत्कालिन समुहका कार्य समिती सदस्य स्वर्गिय थान बहादुर राईलाई नगद ५ हजार ५५ रुपैया सहित सम्मान पत्रले सम्मानित गरिएको छ ।