सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल

विराटचोकः जताततै बच्चाको चोरी घटना बढिरहेको बेला मोरङको सुन्दरहरैंचा नगरपालिका वडा – २ करैबना टोलमा एक बच्चा चोरी हुनबाट जोगिएको छ। आज बेलुका ७ बजे ९ महिनाका बच्चा रिसम भगतलाई सेतो पलाष्टिकको बोरामा हालेर लादै गर्दा आमा अनिसा भगतले चोरको पन्जाबाट खोसेर छोरालाई बचाउन सफल भइन।

घरमा बच्चा सुताएर आफु धारामा पानी लिन जादाँ भारतीय मुलुकको एक महिला र एक पुरुषले बच्चालाई बोरा हालेर भाग्दै गरेको देखेपछी पछ्याउदै घर देखी २ सय मिटर पर सुनसान खेतमा आमा अनिसाले गुहार माग्दा माग्दै बच्चालाई खोस्न सफल भइन। गाउँले जुटेपछि ति बच्चा चोरहरु भाग्न सफल भएका थिए। स्थानीय गाउँले, इलाका प्रहरी कार्यालय हरैंचा, सशस्त्र बेश क्याम्प डंग्राहाबाट खटिएको टोलिले खोजी गर्दा पनि रातको समयमा बच्चा चोरहरुलाई समात्न सकेन्न। घटना स्थल पुगेका इलाका प्रहरी कार्यलय हरैंचाका प्रमुख टि.पि कोइरालाले चोरहरु धेरै टाढा जान नसक्ने यतै कतै लुकेको हुन सक्ने आंशका गरिएको छ।

इलाका प्रहरी कार्यलय नेमुवा र कोइलपुर प्रहरी चौकीलाई समेत निगरानी गर्न जानकारी गराएका छ्न। आमा अनिसा भगतको अनुसार एक हप्ता अगाडि पनि दिउँसो भारतीय मुलुकका अपरिचित एक महिला र एक पुरुष घरमा आएर श्रीमानको बारेमा सोधी खोजी गरेका थिए। त्यही ब्यक्तिहरु हुन सक्ने आंशका गरेका छन । महिलाको अनुहारमा काटेको दाग छ भने महिला कुर्ता सुरवाल लागाएको र दुबै जनाको मुख छोपेको थियो। घटना भएको अवस्थामा ससुरा छिमेकीको घरमा थियो भने श्रीमान असोक भगत बाहिर काम गर्छन।