सामुदायिक वन उपभोक्ता महासंघको नगर अधिवेशन सम्पन्न

पथरी / सामुदायीक बन उपभोक्ता महासंघ पथरीशनिश्चरेको दोश्रो नगर अधिवेशन आज (शुक्रबार) सम्पन्न भएको छ । पथरीशनिश्चरे वडा नं १० स्थित डाँस मोरङ्गी सामुदायीक बन उपभोक्ता समितिको सभाहलमा सम्पन्न अधिवेशनमा सामुदायीक बन उपभोक्ता महासंघ पथरीशनिश्चरेका अध्यक्ष रविन्द्र कुमार राईको अध्यक्षता रहेको थियो ।

सामुदायीक वन उपभोक्ता महासंघका कोशी प्रदेशका सचिव अग्नी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा जिल्ला अध्यक्ष रामकृष्ण राई लगायतका अतिथिको आतिथ्यता रहेको थियो । अधिवेशनमा नगरका विभिन्न ८ वडा सामुदायीक वनका प्रतिनिधीको सहभागिता रहेको थियो । अधिवेशनले मैनादेवि फुँयाल(आचार्य) को अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । फुँयालको अध्यक्षतामा गठित उक्त कार्यसमितिमा शोभा तिम्सिना उपाध्यक्ष, हेमभक्त गुरुङ सचिव र हरि निरौला कोशाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरुमा शान्ती शंकर, निरञ्जन मण्डल, कौशिला राई, पुनम नेपाली, रोमान्सी धिमाल, उदयकुमार राई मञ्जु लिम्बु, लक्षमण कार्की, रेनुका अधिकारी, मानबहादुर पाठक, शिव कुमारी भट्टराई र रत्नबहादुर बस्नेत रहेका छन् ।

अधिवेशनले जिल्ला अधिवेशनका लागि मदन पोख्रेल, कौशिला राई, शान्तिराम खड्का, पुनम नेपाली, मानबहादुर पाठक र शोभा तिम्सीनालाई जिल्ला प्रतिनिका रुपमा चुनेको छ भने प्रदेश अधिवेशनको लागि इश्वर चौहान, आरती राई, रत्न बहादुर बस्नेत, रोमान्सी धिमाल, हेमभक्त गुरुङ र सिता भुषाललाई प्रदेश प्रतिनिधिका रुपमा छनौट गरेको छ । कार्यक्रममा ८ वटा बनसमितिबाट २ महिला र २ पुरुष गरि ३२ प्रतिनिधि सहभागी रहेका थिए ।