मुखको क्यान्सरका कारण ज्यान गुमाएकी रुपाको परिवारलाई अमेरीकाको कबीर ज्ञानोदय सामाजिक केन्द्रबाट सहयोग

प्रेमप्रसाद भट्टराई (के डी)
पथरी / मोरङको पथरीशनिश्चरे वडा नं १० कि स्वर्गिय रुपा राईको परिवारलाई अमेरीकाबाट आर्थीक सहयोग जुटेको छ । पथरीशनिश्चरे वडा नं १० घर भइ हाल अमेरीकामा रहेका समाजसेवि युवा दिपेन्द्र दाहालको पहलमा अमेरिकाको आहायोस्थित कबीर ज्ञानोदय सामाजिक केन्द्र नामक संस्थाबाट १ लाख २ हजार ८ सय ६५ रुपैयाँ रकम प्राप्त भएको हो ।

दाँत फुकाल्ने क्रममा समस्या आइ समयमा उपचार नहुँदा मुखको क्यान्सरबाट पिडित बन्नुपरेकी रुपाको गत १२ गते ज्यान गएको थियो । दिन दुखि असहाय अपाङ्गता भएका अमेरीका भित्र तथा बाहिरका विभिन्न नागरिकहरुलाई सहयोग गर्ने उद्धेश्यका साथ खोलीएको उक्त संस्थाका सचिव चन्द्र बास्तोलाले बताइन ।

संस्थाका साथै अमेरीकामै रहेका सानमार कम्पनिका इम्योइहरु दिपेन राई, डम्बर, दिक्षा, सुस्मा, सोनु, कुनाल, सागर, जङ्ग, गंगा, अञ्जना, प्रेम, धिरेन, राम, उज्वल लगायतका नेपालीहरुले उक्त रकम उपलब्ध गराएका थिए । उपलब्ध रकम दाहालकी आमा चिनिमाया दाहालले परिवारलाई हस्तान्तरण गरेकी थिइन् । मृतक राईको बुबा आमासहित स परिवार वडा नं १० कै डाँस खोलाको किनार छेउमा बसोबास रहँदै आएको थियो । सुकुम्बासीका रुपमा रहेका र आर्थीक अवस्था समेत दयनिय रहेको रुपाको उपचारका क्रममा पनि सहयोग जुटाउँदै आएका दाहालले रुपाको मृत्युले आफु दुखि रहेको बताए ।

३ पुस्ता सम्म सुकुम्बासीका रुपमा रहेर खोला किनारमा गिटी कुटेर जिविकोपार्जन गर्दै आएकी रुपाको आर्थीक विपन्नताकै कारण समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्दा आफुहरु दुखि रहेको र मृतकका सन्तानको उचित शिक्षादिक्षाको सहजताका लागि समेत सहयोग गरेको सहयोगि संस्थाका अध्यक्ष नारायण आचार्यले बताए । मृतक राईका १ छोरा र एक छोरी छन् ।