सि.एम कन्दङवा स्मृति कोषबाट पत्रकार जम्नेलीसहित तीन जना सम्मानित हुँदै

मोरङको पथरीशनिश्चरे—१ मा स्थापित सि एम कन्दङ्वा स्मृति कोषबाट पत्रकार अर्जुन जम्नेली राईसहित ३ जना सम्मानित हुने भएका छन् । रातोकलम डट कमका प्रधानसम्पादक समेत रहेका राई लगायत अन्य २ जनालाई नगदसहित सम्मान गर्ने भएको हो । सञ्चालित कोषले साहित्य, संगीत र पत्रकारिता क्षेत्रमा कार्यरत तीन जनालाई एक लाख ६३ हजार नगदसहित सम्मान गर्ने भएको हो ।

चन्द्रमान कन्दङ्वा (सीएम) को जन्म दिनको अवसर पारेर चैत्र २९ गते साहित्यकार प्रा।डा। गोविन्दराज भट्टराईलाई नगद एक लाख एक हजारसहित सि।एम।कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान—२०७९ ले सम्मानित गर्ने भएको हो । झापा दमक नगरपालिका—१ स्थायी बसोबास भएका सम्मानित व्यत्तिसm प्रा।डा। भट्टराईले ६५ भन्दा बढी कृतिहरु प्रकाशित भएको छ । भट्टराईले ३२ भन्दा बढी सम्मान पाइसकेका छन् ।

त्यसैगरी दार्जेलिङ भारतमा जन्म भएका अनिल फागोलाई ५१ हजारसहित सि।एम।कन्दङ् युवा राष्ट्रिय प्रतिभा सम्मान—२०७९ र मोरङ पथरीशनिश्चरेका पत्रकार अर्जुन जम्नेली राईलाई ११ हजारसहित सुशिला।कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९ले सम्मान गर्ने निर्णय भएको सि।एम।कन्दङ्वा स्मृति कोष सञ्चालक समितिको उपाध्यक्ष रबिन कन्दङ्वाले जानकारी दिनुभयो ।

संगीत विधामा सम्मानित अनिल फागो लामो समयदेखि झापा र मोरङको बिभिन्न विद्यालयहरुमा संगीत विद्या सिकाउदै आउनु भएको छ । भारत हैदरावाद विश्वविद्यालयबाट संगीतमा पोष्ट ग्रयाजुएट गर्नुभएको फागोले विभिन्न गीतहरुमा संगीत भर्नुभएको छ । सुशिला कन्दङ्वा सीएम कन्दङ्वाको धर्ममन्त्री हुनुहुन्छ । कोषले स्थापना गरेको सुशिला।कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९ बाट सम्मानित पत्रकार अर्जुन जम्नेली राई २१ बर्ष अघिदेखि पत्रकारिता क्षेत्र मार्फत समाजिक, राजनीतिक बिकृति, विसंगति विरुद्ध कलम चलाउदै आउनु भएको छ । गोरखापत्र दैनिक लगायतका सञ्चार माध्यममा संवाददाताको रुपमा काम गर्नुभएका राई हाल रातोकलम डटकमका प्रधान सम्पादक हुनुहुन्छ ।

प्रधान सम्पादक राई पाटन संयुक्त बहुमुखी क्याम्पस ललितपुरबाट एम।ए। गर्नु भएको राई हाल पथरीशनिश्चरे—१ स्थित पञ्चायत माविको कक्षा ११ र १२ मा पत्रकारिता बिषय पढाउदै आउनु भएको छ । पत्रकारितासँगै सामाजिक क्षेत्रमा कार्यारत पत्रकार राईलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाले यस अघि अग्रज पत्रकारिता सम्मान गरेको थियो । नगरसँगै डेढ दर्जन भन्दा बढी संघ संस्थाहरुद्वारा सम्मानित भइसक्नु भएको छ ।

चन्द्रमान कन्दङ्वा (सीएम) प्रजातान्त्रिक आन्दोलनको सेनानी तथा पूर्बी नेपालको शिक्षाको अभियान्ता हुनुहन्थ्यो । वि.स. १९८१ चैत्र २९ गते जन्मिनु भएका कन्दङ्वाले २०४३ सालमा पथरीमा एभरेष्ट अंग्रेजी आवासीय माविको स्थापना गर्नुभएको थियो । २०६२ मा देहान्त भएपछि स्कृलले सि।एम।कन्दङ्वा स्मृति कोष स्थापना गरी साहित्य, कला, पत्रकारिता, भाषा, संस्कृति क्षेत्रको बिकास गर्ने उदेश्यले सम्मान गर्दै आएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्मान वितरण हुने पत्रकार सम्मेलनमा समितिको अध्यक्ष डा। रामनारायण कन्दङ्वा र सचिव ओमप्रकाश पुडासैनीद्वारा हस्ताक्षरित विज्ञप्ति उल्लेख छ । पत्रकार सम्मेलनमा सीएम कन्दङ्वा स्मृति कोषको सहसचिव ज्योति साँबा, सदस्य वेदनिधि खनाल, पार्वता भट्टराई, अर्जुन सिन्चुरी, दिनेश कन्दङ्वा लगायतको उपस्थिति रहनु भएको थियो । यस अघि सोही कोषबाट संगीत क्षेत्रका एलपी जोसी र साहित्य क्षेत्रका धनकुटे कान्छालाई सम्मान गरिएको थियो ।