सुकुनामा चार विधार्थी संगठनको सयुक्त विजयी र्‍याली

सुन्दरहरैचा । सुकुना बहुमुखी क्याम्पसमा सयुक्त बाम-लोकतान्त्रिक विधार्थी गठबन्धनले स्ववियु निर्वाचनमा विजयी हासिल गरे पछी चार विधार्थी संगठन अनेरास्ववियू , नेवी संघ, अखिल क्रान्त्रिकारी र समाजवादी विधार्थी युनियनले सयुक्त रुपमा विजयी र्‍याली निकालेको छ ।

संगठनले क्याम्पस परिसरबाट सुन्दरहरैचाको विराटचौक र खोर्साने सम्म र्‍यालीको आयोजना गरेको थियो । र्‍यालीमा विभिन्न विधार्थी संगठनका नेता कार्यकर्ताहरु लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।