वडा नं ६ मा मोटर पंखा मर्मत् तालिम

पथरी / पथरीशनिश्चरे वडा नं. ६ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोटर पंखा मर्मत् तालिमको समापन भएको छ । आज वडाको रामजानकी टोलमा भएको कार्यक्रममा नगरपालिकाका उप–प्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको हो ।

तालिम फागुन १० गतेबाट सञ्चालन भएको थियो । तालिममा सहभागीहरुलाई प्रमुख अतिथि काफ्लेले प्रमाण–पत्र वितरण गर्नुभएको थियो । समापन कार्यक्रमको सञ्चालन भगवती कटुवालले गर्नुभएको थियो भने सभाध्यक्ष वडाध्यक्ष कृष्ण बस्नेत रहनुभएको थियो । कार्यक्रममा प्रशिक्षक ओमप्रकाश राजवंशी, नगरपालिका लघु उद्यम विकास शाखा प्रमुख सपना कार्की, वडा सदस्य शान्ता थापाले आफ्ना कुरा राख्नुभएको थियो ।