सहकारी र बैंकहरू सचेत हुन उप–प्रमुख काफ्लेको आग्रह

पथरी / पथरीशनिश्चरे नगरपालिकाका उप–प्रमुख देवीमाया काफ्लेले नगर भित्र रहेका सहकारी र बैंकहरुलाई सचेत हुन अनुरोध गर्नुभएको छ ।

आज जीवन विकास लघुवित्त वित्तीय संस्था लि. पथरी शाखाले आयोजना गरेको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा प्रमुख अतिथि रहनुभएका उप–प्रमुख काफ्लेले सचेत हुन अनुरोध गर्नुभएको हो । उहाँले भन्नुभयो–‘नगरमा सहकारी र बैंकहरुको गुनासोको चाङ लागेको छ । अब हामी छिट्टै नै यस विषयमा छलफल गरेर यथार्थ कुरा के हो सो को अध्ययन अनुगमन गर्नेछौं ।’

जीवन विकास केन्द्रीय कार्यालय कटहरीका प्रमुख कार्यकारी अधिकृत सन्जय कुमार मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा विभागीय प्रमुख रन्जना निरौला, पथरीशनिश्चरे वडा नं। ३ का वडाध्यक्ष बिजय लिम्बु, समाजसेवी डि।एन। तिम्सिना लगायको आतिथ्यता रहेको थियो ।




Leave a Reply

Your email address will not be published.