पूर्ण खोप दिगोपना र सरसफाई प्रवद्र्धन सम्वन्धी ३ दिने गोष्ठी सुरु

पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम नियमित खोप सृदृढीकरणका लागि सुक्ष्म योजना तयारी तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवद्र्धन सम्वन्धी ३ दिने गोष्ठी सुरु भएको छ ।

प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ कार्यालय मोरङको आयोजनामा भएको सो गोष्ठी आजदेखि १४ गतेसम्म सञ्चालन हुनेछ । गोष्ठीको उद्घाटनमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र स्वास्थ्यसँग सम्वन्धित कर्मचारीहरुको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा नगरका स्वास्थ्य सह–संयोजक जगत मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने गोष्ठीको सहजीकरण स्वास्थ्य निर्देशनालय धनकुटाका श्याम भण्डारीले गरिरहनुभएको छ ।