पशु सेवामा कार्यरत प्राविधकहरुसँग अन्तरक्रिया

पथरी / एन्टीबायोटिक्स इसीड्यु, एन्टीबायोटिक्स रेसिस्टेन्स प्रुडेन्ट युज अफ एन्टीबायोटिक्स सम्वन्धमा पशु सेवामा कार्यरत प्राविधिकहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार पथरीशनिश्चरे नगरपालिकाको सभा हलमा पशुपंक्षी शाखाको आ।व। २०७९र०८० को स्वीकृत कार्यक्रम अन्तर्गत सो कार्यक्रम गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो रहनुभएको थियो ।

सो कार्यक्रमको प्रशिक्षक पशु चिकित्सक डा। सतेन्द्र यादव रहनुभएको थियो । एन्टीबायोटिक्सले पशु स्वास्थ्य साथै जनस्वास्थ्यमा पर्ने असरको बारेमा प्रशिक्षक यादवले प्राविधिकहरुलाई जानकारी गराउनुभएको थियो । यस्तै एन्टीबायोटिक्सको उचित प्रयोग, एन्टीबायोटिक्स सम्वन्धी समस्या र पशु स्वास्थ्यको बारेमा वृहत् छलफल समेत गरिएको थियो ।