वडा नं। ८ मा बाख्रा पकेट कार्यक्रम

पथरी / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पथरीशनिश्चरे वडा नं। ८ मा बाख्रा पकेट कार्यक्रम सञ्चालन गर्नका लागि समुन्नत बाख्रा पालन समूह वडा नम्बर ८ द्वारा आयोजित पहिलो सार्वजनिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

समूहका अध्यक्ष सुरेन्द्र चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्बापो, बिशिष्ट अतिथिहरु वडा नम्बर ८ का अध्यक्ष नवीन कार्की, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, अतिथिहरु पूर्व वडाध्यक्ष बाबुराम दाहाल, वडा सदस्यहरु बाबुराम चौधरी, शान्ता योङ्हाङ, झमकबहादुर लिम्बु, पशुपन्छी शाखा प्रमुख डाक्टर सबल पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख तुम्बापोले बाख्रा पालनसँगै यसको बजारीकरणको बिषयमा समेत समूहले विशेष ध्यान दिन सुझाब दिनुभएको थियो । पकेट कार्यक्रम अन्तर्गत १ सय १९ वटा बाख्रा, बीउ बोका, दाना पिस्ने मेसिन, च्यापकटर, खोर सुधार लगायतको शीर्षकमा खर्च गरिने बताइएको छ । आयोजनाको १५ लाख र किसानहरूको पचास प्रतिशत सहभागी सहित कूल लागत २८ लाख रुपैयाँ रहनेछ ।