सुन्दरहरैचा । मोरङको सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सभापति पदमा सन्तोष लिम्बू विजयी भएका छन् । कपा एकीकृत समाजवादीको भातृ सङ्गठन अनेरास्ववियूका लिम्बू फराकिलो मतसहित दोस्रो पटक विजयी भएका हुन् ।
लिम्बुले एमालेको भातृ सङ्गठन अनेरास्ववियुका उम्मेद्वार मनोज कार्कीलाई ७ सय २५ मतान्तरले पराजित गरेका हुन् । लिम्बूले १ हजार ३ सय ८२ मत ल्याउँदा कार्कीले ६ सय ५७ मत ल्याएका थिए ।
त्यस्तै सचिवमा एमाले निकट अनेरास्ववियुबाट उम्मेद्वार बनेका एलिस ओझा ८ मतान्तरले विजयी भएका छन् । नेपाल विधार्थी संघका उम्मेद्वार निराजन धमलाले १ हजार ६ मत ल्याएका थिए भने ओझाले १ हजार १४ मत ल्याएका थिए । कोषाध्यक्षमा अखिल(क्रान्तिकारी) का सतिस कार्की १ हजार ३ सय २५ मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै सदस्य तर्फ सन्देश राई, रोहन खत्री, सविना थापा, ज्ञानु घिमिरे, एलिजा कार्की, सुमन भट्टराई, दिवस पोखरेल र अर्जुन दाहाल विजयी बनेका हुन ।