पथरी बहुमुखिमा केशरको पक्षमा बढ्यो माहोल

पथरी / स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति नजिकीदै जाँदा मोरङको पथरीशनिश्चरेस्थित पथरी बहुमुखि क्याम्पसमा नेपाली काङग्रेसनिकट ने.वि संघ नेतृत्वको बाम लोकतान्त्रीक विद्यार्थी गठबन्धनको पक्षमा माहोल बढ्दै गएको छ । चैत्र ५ गते हुने निर्वाचनमा केशर राई सभापतिका उम्मेद्धार रहेको उक्त गठबन्धनमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा एकिकृत समाजवादीनिकट अनेरास्ववियू समाजवादी समेत सामेल रहेका छन् ।

गठबन्धनबाट सभापतिका उम्मेद्धार केशर राई रहेका छन भने सचिवमा भुपाल खतिवडा तथा कोषाध्यक्षमा खगिन मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा सफिन आचार्य, गंगाराम शाह (सम्भु), सोमनाथ फुयाँल(दिपेश), प्रितिका भट्टराई र प्रकाश शिवा उम्मेद्धार रहेका छन् । ने.वि संघ नेतृत्वले क्याम्पसमा अध्ययनरत विद्यार्थीको हकहित र अधिकारका लागी निरन्तर संघर्ष गर्दै आएकोले तथा विद्यार्थीको अझ हकहितका लागि पनि यसपटक केशर नेतृत्वको गठबन्धनलाई जिताउनैपर्ने क्याम्पसमा अध्ययनरत एक विद्यार्थीले बताए ।

अरुहरु झटो प्रचार र भ्रम छर्नमा लागीरहने र नेवि संघ विद्यार्थी हकहितको लागी निरन्तर काम गर्ने भएकाले पनि यसपटक केशर नेतृत्वको टिमलाई भोट दिने अर्का एक विद्यार्थी बताउँछन् । गठबन्नले भुलोल, तथा समुदाय सबैको प्रतिनिधित्व हुनेगरि उम्मेद्धार प्रस्तुत गरेको छ । आफुहरु क्याम्पसको शैक्षीक सुधार र विद्यार्थीका समस्याहरुका बारेमा निरन्तर आवाज उठाउने तथा विद्यार्थीहरुको समस्या समाधानमा निरत्तर पहलमा लागेकाले पनि धेरैजसो विद्यार्थीहरुले आफुहरुलाई रुचाएको सभापतिका उम्मेद्धार राईले बताए ।