पथरीमा एभरेष्ट हाइ पावर टेक्निसीयन कम्पनिको उदघाटन

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं १ मा ‘एभरेष्ट हाइ पावर रोप एसेस टेक्निसियन’ नामक कम्पनिको उद्घाटन भएको छ । बुधवार पथरीशनिश्चरे वडा नं १० स्थित डाँस मोरङगी सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष मदन पोख्रेलले उक्त कम्पनीको उद्घाटन गरेका हुन ।

बैदेशिक रोजगारबाट फर्किएका युवाहरुको संयुक्त लगानिमा उक्त कम्पनिको खालीको हो । पथरीशनिश्चरे वडा नं १० का उमेश कार्कि, गंगा कट्वाल र अनिल श्रेष्ठले उक्त कम्पनि खोलेका हुन् । कम्पनिबाट घर निर्माण सम्बन्धि जस्तोसुकै काम पनि गर्न सकिने सञ्चालक उमेश कार्कीले बताए । प्रदेश नं १ का प्रमुख सहरहरुलाई मध्यनजर गर्दै कम्पनि खोलीएको उनले बताए ।