पथरीशनिश्चरे २ मा मन्टेश्वरी तालिमको समापन

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं. २ को कार्यालयमा महिला लक्षित मन्टेश्वरी तालिमको समापन गरिएको छ । वडा नं. २ को सहयोगमा नेप्ली मिडिया प्रा.लि. इटहरीको आयोजनामा ७ दिने मन्टेश्वरी तालिम आज समापन गरिएको हो ।
                                                               मिडिया प्रा.लि.कि. निशा धितालको सभापतित्वमा भएको समापन कार्यक्रममा वडाध्यक्ष नैना राईको प्रमुख आतिथ्यता रहेको थियो । राईले यो वेसिक तालिम मात्र आयोजना गरिएको र अब आउने दिनमा एड्भान्स तालिमको आयोजना गरी वडाका महिलाहरुलाई रोजगार प्रदान गरिने बताउनुभयो । कार्यक्रममा नगरका महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल र वडा सचिव गोमादेवी पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । यस्तैगरी वडा सदस्यहरु चन्द्र राई, खिलनाथ घिमिरे, अम्विका लिम्बु र नगरका उजुरी प्रशासक विश्वमणि निरौलाको पनि उपस्थिति रहेको थियो ।
                                                                                          सञ्चारकर्मी हिमाल दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा तालिममा सहभागी १९ जनालाई प्रमुख अतिथि राईले प्रमाण–पत्र वितरण गर्नुभएको थियो । ७ दिने मन्टेश्वरी तालिमको प्रशिक्षकको भूमिका लक्ष्मी खड्काले निर्वाह गर्नुभएको थियो ।