स्ववियु निर्वाचन: सुकुना सभापतिमा सन्तोष लिम्बुको उम्मेद्वारी

सुन्दरहरैचा । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि सुकुना बहुमुखी क्याम्पस स्ववियु सभापतिमा सन्तोष लिम्बुले उम्मेद्वारी दिएका छन । अनेरास्ववियु निकट रहेका लिम्बुले गठबन्धन तर्फबाट स्ववियु सभापतिमा उम्मेद्वारी दिएका हुन ।

सुकुना बहुमुखी क्याम्पसमा चार विधार्थी संगठन नेपाल विधार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियु(क्रान्तिकारी) र समाजवादी विधार्थी युनियन बिच गठबन्धन भएको छ ।

सभापति पदका उम्मेद्वार लिम्बु क्याम्पसमा लोकप्रिय मानिएका छन । उनका प्रतिद्वन्द्दी अनेरास्ववियुबाट मनोज कार्कि रहेका छन । यस अघीका स्ववियु सभापति समेत रहेका लिम्बुले क्याम्पसको शिक्षा क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान गर्दै विधार्थिहरुको हकहितमा निरन्तर आवाज उठाउदै आएका छन । जसका कारण पनि उनी विधार्थी माझ लोकप्रिय रहेका छन ।

सयुक्त बाम-लोकतान्त्रिक विधर्थी गठबन्धनबाट सभापति पदमा उम्मेद्वारी दिएका लिम्बुको प्यानलमा सचिवमा निराजन धमलाले उम्मेद्वारी दिएका छन । त्यस्तै कोषाध्यक्षमा सतिस कार्कीले उम्मेद्वारी दिएका छन भने सदस्यमा अर्जुन दाहाल, सविना थापा, ज्ञानु घिमिरे, सन्देश राई, रोहन खत्री, सुमन भट्टराई, एलिजा कार्की र दिवस पोखरेलले उम्मेद्वारी दिएका छन ।