स्ववियु निर्वाचन : पथरी बहुमुखि क्याम्पसमा २ समुह मैदानमा

स्ववियु निर्वाचन अन्तर्गत पथरी बहुमुखी क्याम्पसमा २ समुह मैदानमा उत्रिएका छन् । ने.वि संघको नेतृत्वमा संयुक्त लोकतान्त्रीक बाम विद्यार्थि गठबन्धन र अनुरास्ववियुविच चुनावि प्रतिस्पर्धा हुने र्भको हो । आगामी चैत ५ गते हुने निर्वाचनमा ने.वि संघको नेतत्वमा अनेरास्ववियू र अखिल क्रान्तिकारी एकातर्फ रहेका छन् भने अर्कोतर्फ अनेरास्ववियु छ ।

स्ववियु निर्वाचनका लागि संयुक्त लोकतान्त्रिक गठबन्धनका तर्फबाट केशर थुलुङ राई (नेविसंघ), भुपाल खतिवडा (नेविसंघ) तथा खगिन मगर (अखिल क्रान्तिकारी) क्रमशः सभापति , सचिव र कोषाध्यक्ष पदका लागि उम्मेदवार रहेका छन भने सदस्य पदका लागि नेविसंघका सफिन आचार्य, गंगा राम शाह, सोमनाथ फुयाल, अखिल क्रान्तिकारीकी प्रितिका भट्टराई र एकीकृत समाजवादीका प्रकाश शिवालाई चुनावी मैदानमा रहेका छन

त्यसैगरी, एमाले निकट अनेरास्ववियुको तर्फबाट पथरी बहुमुखी क्याम्पसको निर्वाचन आयोगको कार्यालयमा सभापति पदका उमेद्वार उज्वल लकान्द्रीको नेतृत्वमा उम्मेदवारी दर्ता गरेका छन् ।
अनेरास्ववियुको प्यानलबाट रोशन कटुवाल सचिव, सोनिया ग्यावा तामाङ कोषाध्यक्ष, प्रवीन पोखरेल सदस्य, क्रमशः अरुण राई, एलिस खड्का, एरिक बस्नेत, जितबहादुर खड्का (प्रत्यक्ष) र मनिका न्यौपाने, निरन खनाल, सोम्पा तामाङ, सौरभ पौडेल, सुधीरचन्द्र अधिकारी, छिरिङ लामा शेर्पा र अभिषेक बस्नेत समानुपातिक प्रतिस्पर्धाम रहेका छन् ।

यसैबिच, हिजो नै पथरी बहुमुखी क्याम्पसको आसन्न स्ववियु निर्वाचनको लागि गठित निर्वाचन आयोगको कार्यालयले दुवै विद्यार्थी संगठनहरुका उम्मेदवारहरूको नामावली प्रकाशन समेत गरिसकेको जनाएको छ।