स्ववियु निर्वाचन: सुकुनामा दुई समुह चुनावी मैदानमा

सुन्दरहरैचा । चैत ५ गते हुने स्ववियु निर्वचनमा सुकुना बहुमुखी क्याम्पसमा दुई समुह चुनावी मैदानमा आएको छ । सुकुनामा अनेरास्ववियूको नेतृत्वमा संयुक्त बाम-लोकतान्त्रीक विद्यार्थि गठबन्धन र अनुरास्ववियुविच चुनावि प्रतिस्पर्धा हुने भएको छ । सुकुनामा अनेरास्ववियूको नेतृत्वमा नेपाल विधार्थी संघ,अखिल क्रान्तिकारी र समाजवादी विधार्थी युनियन एकातर्फ रहेका छन् भने अर्कोतर्फ अनेरास्ववियु छ ।

संयुक्त बाम-लोकतान्त्रीक विद्यार्थि गठबन्धन तर्फ स्ववियु सभापतिमा सन्तोष लिम्बुले उम्मेद्वारी दिएका छन भने अनेरास्ववियु तर्फ मनोज कार्कीले सभापति पदमा उम्मेद्वारी दिएका छन । त्यस्तै संयुक्त बाम-लोकतान्त्रीक विद्यार्थि गठबन्धन तर्फ सचिवमा निराजन धमलाले उम्मेद्वारी दिएका छन भने अनेरास्ववियु तर्फ एलिस ओझाले उम्मेद्वारी दिएका छन । त्यस्तै कोषाध्यक्षमा संयुक्त बाम-लोकतान्त्रीक विद्यार्थि गठबन्धन तर्फ सतिस कार्कीले उम्मेद्वारी दिएका छन भने अनेरास्ववियु तर्फ सुष्मा नेपालीले उम्मेद्वारी दिएका छन ।

त्यस्तै सदस्य तर्फ संयुक्त बाम-लोकतान्त्रीक विद्यार्थि गठबन्धनबाट अर्जुन दाहाल, सविना थापा, ज्ञानु घिमिरे, सन्देश राई रोहन खत्री, सुमन भट्टराई, एलिजा कार्की र दिवस पोखरेलले उम्मेद्वारी दिएका छन भने अनेरास्ववियुबाट समिक्षा काक्री, गोमा थापा, सन्ध्या भट्टराई, विनोद तमाङ, नवराज दाहाल, सन्नी शाह(सनम), सुदिप पोखरेल, प्रकाश भण्डारीले उम्मेद्वारी दिएका छन ।

स्ववियु निर्वाचन नजिकिदै जादा सुकुना बहुमुखी क्याम्पसमा चुनावी रौनक समेत बढ्दै गएको छ । बिहानै देखी क्याम्पस परिसर भित्र विधार्थी संघठनका नेताहरुको उपस्थिती बाक्लो हुने गर्दछन । दुई समुहले विधार्थीहरु सग मत माग्दै आएका छन । क्याम्पसमा अनेरास्ववियुको दबदबा रहेता पनि चार संगठनले उक्त अनेरास्ववियुको उक्त दबदबालाई मेटाउने प्रयास गर्दैछन । दुवै संगठनका पार्टी नेताहरु अहिले क्याम्पसमा आफ्न विधार्थी संगठनका उम्मेद्वारहरुलाई जिताउन लागिपरेका छन ।

क्याम्पसमा संयुक्त बाम-लोकतान्त्रीक विद्यार्थि गठबन्धनबाट सभापति रहेका लिम्बु विधार्थी माझ लोकप्रिय रहेका छन । लिम्बुको लोकप्रियताले संयुक्त बाम-लोकतान्त्रीक विद्यार्थि गठबन्धन हौसिएको छ । लिम्बुको बलियो उम्मेद्वारीले समेत यस पटक सुकुनामा अनेरास्ववियुलाई क्यामसमा जित निकाल्न सहज छैन । यस अघी पनि लिम्बु सुकुनामा सभापति बनिसकेका हुन । उनले आफु स्ववियु सभापति हुँदा क्याम्पसमा सधैं विधार्थिहरुको हकहितका लागि निरन्तर आवाज उठाउने गर्दथे । लिम्बु १४ वर्ष देखी दिनहु बिहान क्याम्पस लाग्ने समय देखी क्याम्पस छुट्टी हुने समय सम्म विधार्थी कै काम गरेर विताउने एक सरल र सहज विधार्थी नेताको रुपमा प्रस्तुत हुन्थे । उनको यही सकारात्मक व्यवहारले उनलाई यस पटक पनि स्ववियु निर्वाचनमा विजयी हासिल गर्न सहज देखिन्छ ।