स्ववियु निर्वाचन: सुकुनामा बन्यो बाम-लोकतान्त्रिक विधार्थी गठबन्धन

सुन्दरहरैचा । मोरङको सुकुना बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि सत्ता साझेदार निकत विधार्थी संगठनले समेत गठबन्धन गरेर निर्वाचन लड्ने निर्णय गरेको छ ।

सत्ता गठबन्धन निकट विधार्थी संगठनले “संयुक्त बाम लोकतान्त्रिक विध्यार्थी गठबन्धन” बनाएर निर्वाचनमा होमिएका छन । नेपाल विद्यार्थी स‌ंघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृस‌ंगठनबीच सहकार्य गरेर विधार्थी संगठनहरु एक भएका हुन ।

संयुक्त बाम लोकतान्त्रिक विध्यार्थीले सुकुना स्ववियु सभापतिमा अनेरास्ववियूबाट सन्तोष लिम्बुलाई अघी सारेको छ भने सचिवमा नेवी संघबाट निराजन धमलालाई अघी सारेको छ । त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी)बाट सतिष कार्कीलाई अघी सारेको छ ।

त्यस्तै प्रत्यक्ष तर्फ सदस्यमा नेपाल विधार्थी संघबाट अर्जुन दाहाल, ज्ञानु घिमिरे र सविना थापा, जनता समाजवादी विधार्थी युनियनबाट संदेश राई, अनेरास्ववियूबाट रोहन खत्री, सुमन भट्टराई र एलिजा कार्की र अनेरास्वोवियु(क्रान्तिकारी) बाट दिवस पोखरेललाई बाम-लोकतान्त्रिक विधार्थी गठबन्धनले उम्मेद्वारको रुपमा अघी सारेको छ ।