पालिका स्तरीय भलिबल विजेता टिमलाई नगरद्वारा बधाई तथा शुभकामना

पथरी / मोरङको बेलबारीमा स्थापित सयपत्री युवा क्लबद्वारा आयोजित मोरङ जिल्ला अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७९ को उपाधि विजेता पथरीशनिश्चरे भलिवल क्लबले प्रथम स्थान हासिल गरेको उपाधि नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

आज नगरपालिकाको सभाहलमा भलिबल क्बलका अध्यक्ष नारायण कट्टेल, व्यवस्थापक सुरेश थापा, कोच प्रकाश धिमाल, क्याप्टेन रुपेश श्रेष्ठ लगायत खेलाडीको समूहले नगर अध्यक्षलाई ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गरेको हो ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख मोहन प्रसाद तुम्वापोले विजेता टिमलाई बधाई ज्ञापन गर्दै भन्नुभयो–‘आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । साथै राष्ट्रिय स्तरको प्रतियोगितामा पनि जित हासिल गरी नगरको नाम राख्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।